नेपालमा कोरोना : ३ हजार ४२१ जना संक्रमित थपिए, २५ जनाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?