नेपाल खेलकुद महासंघ र राखेपको संयुक्त पहलमा ५ सयभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

लोकपथ
403
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त पहलमा कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत दोश्रो पटक खोप कार्यक्रम सम्पन्न भएको छ ।

महासंघले दोस्रो पटक साउन १० गते काठमाडौंको वीर अस्पतालमा ५०० भन्दा बढी खेलाडी, खेल प्राविधिक, खेल कर्मचारी, खेल पदाधिकारी तथा खेल पत्रकारहरुलाई पहिलो डोजको भेरोसिल भ्याक्सिन लगाउने कार्यक्रम सम्पन्न गरेको नेपाल खेलकुद महासंघका उपत्यका विशेष प्रदेशका सहसचिव विवेक घिमिरेले लोकपथलाई जानकारी दिए ।

May be an image of 7 people and people standing

खेलकुद महासंघले नेपाली खेलाडीका लागि ५ हजार डोज खोप माग गरेकोमा पहिलो चरणमा २५० डोज उपलब्ध भएको हो ।

May be an image of 3 people and people sitting

पहिलो चरणमा खोप लगाउउनेहरुमा जापानमा भइरहेको ओलम्पिक ‍प्रतियोगितमा सहभागी हुनेहरुलाई पहिलो प्राथमिकता दिइएको र अहिले दोस्रो चरणमा बन्द प्रशिक्षणमा रहेको फुटबलका महिला तथा पुरुष खेलाडीलाई अहिले खोप लगाइएको सहसचिब घिमिरेले जानकारी दिए ।

May be an image of 2 people and people standing

घिमिरेका अनुसार अरुणा शाही, प्रतिक्षा माली, बिराज श्रेष्ठ लगायत २५० जनाले पहिलो डोज खोप लगाएका थिए ।

नेपाल खेलकुद महासंघ र राष्ट्रिय खेलकुद परिषदले अभियान सफल बनाउन खटिएका खोप प्रमुख डा. झलक गौतम , जिल्ला जनस्वास्थ्यका प्रमुख बद्री बहादुर खड्का, वीर अस्पतालका खोप केन्द्र प्रमुख डा. अच्युत कार्कीको टीम र नेपाल सरकार स्वास्थ मन्त्रालयलाई विशेष आभार प्रकट गरेको छ ।

May be an image of 5 people, people standing and indoor

May be an image of 9 people and people standing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?