गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारी

लोकपथ
130
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन् ।

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् ।

मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइन्नसकेको स्पष्ट पारिन । “यो मेरो निर्णय नभई अवधारणा हो ।”, उनले भनिन्,“निर्णय गरेपछि यहाँहरुलाई फेरी बोलाउनेछु ।”

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको जानकारी दिइन् । मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताइन्।

मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उनले बताइन्।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी समेत दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?