रेशम चौधरीको प्रश्न : जसपाले मेरो मुद्दामा कत्तिको लडिरहेको छ ?

लोकपथ
299
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ बसेका छन्।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि सोमवार दिउँसो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका सांसद चौधरीले मुल पार्टी जसपा भएकोले कसैको पक्षमा पनि भोट हाल्न आफ्नो नैतिकताले नदिने भन्दै आफू तटस्थ बसेको बताए।

सांसद चौधरीले भने, “जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नीयत र नैतिकताले दिएन, मेरो लागि पक्ष जसपा हो र विपक्ष पनि जसापा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्धाका कारणले म जेल बस्नुपरेको छ, मेरो मुद्धामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरुको दृष्टिकोण हो ।”

आफ्नो एकमात्र एजेण्डा न्याय भएको बताउँदै सांसद चौधरीले आफू पार्टीको बफादार सीपाही भएको र आफ्नो लागि महन्थ ठाकुर भीष्मपितामह सरह भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?