ऋण लिएर भए पनि सबै जनतालाई खोप उपलब्ध गराइन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

लोकपथ
143
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड–१९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताए ।

उनले आइतबार एडीबी र विश्वबैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरिएको पनि जानकारी दिए ।

उनले भने, ‘अहिलेको पहिलो प्राथमिकता भनेको सबै जनमानसहरुलाई खोप उपलब्ध गराउने, ६० प्रतिशत जनमानसलाई खोप लगाउन सकियो भने राम्रो हुन्छ । हिजो भर्खरै मैले एउटा साइन गरेको छु एडीबी र विश्व बैंकबाट सर्टेन ऋण लिने भनेर।’

राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइँदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको बताए । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणित गर्न धेरै भीड भएको भन्दै उनले सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिने गरी व्यवस्था मिलाउने पनि बताए।

त्यसैगरी फ्रन्टलाइनमा काम गर्ने सवारी चालक, सहचालकदेखि शिक्षकहरुलाई खोपको उपलब्धता गराउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?