नक्सालमा खुल्यो इभी नेपाल मोटर्सको सोरुम

लोकपथ
715
Shares

काठमाडौं । इभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ।

जर्मन टेक्नोलोजीद्वारा सञ्चालित सोरुममा ‘बीओएससीएच’ द्वारा संचालित लिभ्निंगको विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटर उपलब्ध रहेका छन् ।

उक्त सोरुममा इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

जसमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एकएक्स ०५, एलएक्स ०६, एलएक्स ०५(डी, एलएक्सओ ८, एलएन२० एम ०४(२५९ वाट रहेको छ।

सोरुम उद्घाटन अवसरमा ग्राहकलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको नगद छुट दिइएको छ।

नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशत ब्याजमा मासिक ११,१११ रुपैयाँ किस्ताका दरले उपलब्ध हुने छ। खरिदमा छाता, बज्रमास्क बक्स, निस्शुल्क हेलमेट, निस्शुल्क सर्भिस र कुपनको सुविधा छन्।

यो अफर ३० जुलाई, २०२१ सम्म सिमित रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?