यसकारण रेशम चौधरीले तटस्थ बस्ने निर्णय गरे

लोकपथ
1.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरी तटस्थ बसेका छन् ।

आज कारागारबाट आधिकारिकता दाबीका लागि निर्वाचन आयोग पुगेका चौधरी पार्टी विवादमा तटस्थ बस्न लागेका हुन् ।

उनले कारागारबाट आएर आफूलाई पार्टीको एउटा पक्षलाई समर्थन गर्न नैतिकताले नदिने बताए ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ।

जसपा विवाद उच्च तहमा पुगी पार्टी विभाजनको स्थितिमा पुगेपछि जसपाका दुवै पक्ष आधिकारिकता दाबीका लागि आयोग पुगेका थिए ।

सोही आधारमा आयोगले इजलास गठन गरेर विवाद निरोपणको खोजी गरेको थियो । सोमवारका लागि दुवै पक्षको हेट काउन्ट गर्ने गरी आधिकारिकता गरिएको थियो । ५१ जना कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा ३५ जना, महन्थ ठाकुरको पक्षमा १६ जना र १ जना तटस्थ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?