काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको निधन भएको छ।
आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षीय सचिव घिमिरेको निधन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल विद्यार्थी संघबाट राजनीतिक थालेका उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
घिमिरे कोभिड १९ बाट संक्रमित भएका थिए। साउन १ गते स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया