उपेन्द्र यादवले भने– छिट्टै देउवा सरकारमा सहभागी हुन्छौँ

लोकपथ
104
Shares
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टी छिट्टै सहभागी हुने बताएका छन् ।

सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताए।

उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले विचार गर्न सक्ने बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनुभयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।यता ठाकुर पक्षले भने आजै हेड काउन्टको विरुद्धमा निवेदन दिएको थियो । तर आयोगले भने उक्त निवेदन खारेज गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?