महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : उपेन्द्र यादव

लोकपथ
161
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने बताएका छन्।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनुभयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए।

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

यता ठाकुर पक्षले भने आजै हेड काउन्टको विरुद्धमा निवेदन दिएको थियो । तर आयोगले भने उक्त निवेदन खारेज गरिदिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?