जसपा ‘हेड काउन्ट’बारे उपेन्द्रले भने- ‘हाम्रो पक्षको बहुमत जुट्यो’

लोकपथ
195
Shares
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा उपेन्द्र पक्षको बहुमत जुटेको छ ।

आधिकारिकता विवादबारे हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा बहुमत पुगेको दाबी गरेका छन् ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो पक्षमा अहिलेसम्म ३४ जनाको सनाखत भइसकेको र अझैपनि आफ्नो पक्षमा सनाखत हुने क्रम जारी रहेको जानकारी दिए ।

यता महन्थ ठाकुर पक्षले भने आजै हेड काउन्टको विरुद्धमा निवेदन दिएको थियो । तर आयोगले भने उक्त निवेदन खारेज गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?