सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

जनकपुरधाम । सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन् ।

सोमबार बिहान हरिवन नगगरपालिका वडा नम्वर ४ गणेश चोक बस्ने सलाकत मन्सुरकी ६२ वर्षीया श्रीमती तेतरी खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक हात्तीले आक्रमण गर्दा खातुनको दाँया खुट्टा र पेटमा चोट लागेको थियो ।

उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेशलन मेडिकल कलेज वीरगञ्जमा लगिएको र उपचारको क्रममा सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

त्यस्तै सर्लाहीकै बगमती नगरपालका वडा नम्बर ४ रेल्वे नजिकै मानसिक सन्तुलन ठीक नभएको अन्दाजी ३५ वर्षीय एक पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घाइते भएका छन् ।

घाइते पुरुषको नाम र ठेगाना खुल्लेको छैन । उनको बाँया खुट्टा भाचिएको र बाँया कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?