निर्वाचन आयोगमा ‘हेड काउन्ट’ जारी, महन्थ पक्षको निवेदन अस्वीकार 

लोकपथ
429
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको हेड काउन्टविरुद्धका निवेदन अस्वीकृत भएको छ ।

निर्वाचन आयोगले जसपा विवादबारे महन्थ पक्षले हालेको हेड काउन्टविरुद्धको निर्वाचन अस्वीकृत गरिदिएको हो ।

आजका लागि दुवै पक्षलाई आयोगले हेड काउन्टका लागि बोलाएको थियो । तर महन्थ पक्षले भने उक्त प्रक्रियालाई रोक्न माग गर्दै निवेदन दिएको थियो ।

यद्यपी अहिले आयोगमा हेड काउन्टको प्रक्रिया जारी रहेको छ । यता जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोग पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?