कृषिमा लगानी उत्साहजनक छ : सीईओ उपाध्याय (भिडियोसहित)

लोकपथ
273
Shares

काठमाडौं। सरकारले कृषि क्षेत्रको विकासका लागि बजेटमार्फत कृषि विकास बैंकको नेतृत्वमा लगानी गर्ने घोषणा गरिसकेको छ ।

यससँगै कृषि विकास बैंक कृषि क्षेत्रको लगानीका लागि केन्द्रित भएको छ । सरकारको घोषणासँगै कृषि विकास बैंक कृषि क्षेत्रको लगानीका स्रोत जुटाएर  लगानी गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले बताए । जसका कारण पछिल्लो समय कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी भएको छ । ‘‘कृषि क्षेत्रको लगानी उतहजनक छ ।’’ उनले भने ।

बैंकले गत आर्थिक वर्षमा कृषि क्षेत्रका लागी १२ अर्ब जति स्रोत व्यवस्थापन गरिसकेका छ । सरकारले कृषि क्षेत्रमा लगानीका लागि कृषि विकास बैंककोले ऋणपत्र पनि निषकाशन गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसैअनुसार बैंकले गत माघमा र असारमा गरी ६÷६ अर्व रुपैयाँको ऋणपत्र पनि जारी गरीसकेको छ । जुन ऋणपत्र अन्य बैंकहरुले खरिद गर्छन् ।

ऋणपत्र विक्री बाट आएको रकम कृषिमा लगानी हुने गरेको छ । कोभिडको समस्या नभएको भए १५/२० अर्व बढी लगानी गर्न सकिने सीईओ उपाधयायले बताए । ऋणपत्रको माग भएपनि कोभिडका कारण बैंकले सबै माग पूरा गर्न नसकेको बैंकले जनाएको छ । बैंकले कृषिमा आफ्नो लगानीको हिस्सा बढाउँदै आएको छ । जसमा ५१ प्रतिशत व्यक्तिको नाममा र ४९ प्रतिशत कम्पनीका नाममा कर्जा प्रवाह भएको छ । ८४ प्रतिशत पोर्टफोलियो २० लाख भन्दा मुनीको रहेको उपाध्यायले बताए । ‘‘हामीले अधिकांश व्यक्तिलाई सम्बोधन गरेका छौँ ।’’ उनले भने ।

ग्रामीण तहमा सानो सानो कर्जा लगानी गरेका कारण कृषि क्षेत्रमा उत्साहजनक रुपमा कर्जा गएको सीईओ उपाध्यायले  बताए  । नेपालमा प्रोजेक्ट बनाएर कृषिमा लगानी गर्ने कुरा सरकारको भूमि व्यवस्थामा भर पर्ने उनको भनाई छ । नेपालमा भएका अघिकांश किसानसँग थोरै थोरै भए पनि जग्गा छ । त्यसैले राज्यले भूमि बैंकको अवधारणा पनि ल्याएको उनले बताए  । बैंक आँफैले पनि अहिले ३६ प्रतिशत कृषि क्षेत्रमा लगानी गरिसकेको छ । आगामी वर्ष ५० प्रतिशत पुर्‍याउने योजना रहेको सीइओ उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?