ओलम्पिक फुटबल: फ्रान्स, अर्जेन्टिना र स्पेनले दर्ता गरे पहिलो जित, ब्राजिल बराबरीमै रोकियो

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरू समापन भएका छन्।

समूह ‘ए’ अन्तर्गत फ्रान्सले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। फ्रान्सका लागि भेट्रान स्ट्राइकर आन्द्रे पियरे यिगन्याकले ह्याट्रिक प्रहार गरे। त्यस्तै आयोजक राष्ट्र जापानले मेक्सिकोमाथि जित प्राप्त गर्दा क्वार्टर फाइनलको यात्रा सहज बनाएको छ।

समूह ‘बी’ अन्तर्गत दक्षिण कोरियाले पनि प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ भने न्युजिल्यान्डको टोलीले होन्डुरसविरुद्ध पराजय भोगेको छ। समूह ‘सी’तर्फ बलिया टोली स्पेन र अर्जेन्टिनाले आ-आफ्नो पहिलो जित निकालेका छन्। उता समूह ‘डी’मा भने ब्राजिल आइभरी कोस्टसँग गोलरहित बराबरीमा रोकिंदा जर्मनीले साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको पहिलो ३ अंक बटुलेको छ।

पुरुष फुटबल दोस्रो चरणको नतिजा

समूह ए

फ्रान्स अण्डर २३ ४-३ दक्षिण अफ्रिका अण्डर २३

स्थान: साइटमा स्टेडियम
कोबामेलो कोडिसाङ (५३ मिनेट)
आन्द्रे पियरे यिगन्याक (५७, ७८, ८६ मिनेट)
एभिदेन्स माकगोपा (७२ मिनेट)
टेबोहो मोकोइना (८१ मिनेट)
तेजी सावानिएर (९०+२ मिनेट)

जापान अण्डर २३ २-१ मेक्सिको अण्डर २३

स्थान: साइटमा स्टेडियम
ताकेफुसो कुवो (६ मिनेट)
रित्सु दोन (११ मिनेट, पेनाल्टी)
रोबर्टो अल्भारदो (८५ मिनेट)

 

समूह बी

न्युजिल्यान्ड अण्डर २३ २-३ होन्डुरस अण्डर २३

स्थान: काशीमा स्टेडियम
लीबेराटो काकाए (१० मिनेट)
लुइस पालमा (४५+१ मिनेट)
क्रिस वुड (४९ मिनेट)
जुवान अब्रेगन (७८ मिनेट)
रिगोबर्टो रिवाज (८७ मिनेट)

रोमानिया अण्डर २३ ०-४ दक्षिण कोरिया अण्डर २३

स्थान: काशीमा स्टेडियम
मारियस मरिन, आत्मघाती गोल (२७ मिनेट)
वोन साङ इयम (५९ मिनेट)
काङ इन ली (८४, ९० मिनेट)

 

समूह सी

इजिप्ट अण्डर २३ ०-१ अर्जेन्टिना अण्डर २३

स्थान: सपोरो डोम
फाकुन्डो मेडिना (५२ मिनेट)

अस्ट्रेलिया अण्डर २३ ०-१ स्पेन अण्डर २३

स्थान: सपोरो डोम
मिकेल ओयरजबाल (८१ मिनेट)

 

समूह डी

ब्राजिल अण्डर २३ ०-० आइभरी कोस्ट अण्डर २३

स्थान: निसान स्टेडियम

साउदी अरेबिया अण्डर २३ २-३ जर्मनी अण्डर २३

स्थान: निसान स्टेडियम
नाइदेम अमिरी (११ मिनेट)
सामी अल नजेई (३०, ५० मिनेट)
राग्नर आचे (४३ मिनेट)
फेलिक्स उदुओखाइ (७५ मिनेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?