आजको विनिमयदर कति छ ? हेर्नुहोस् सूचीसहित !

लोकपथ
598
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७५ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८० पैसा र बिक्रीदर १४० रुपयाँ ५१ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रिदर ८७ रुपैयाँ ९० पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ २६ पैसा र बिक्रिदर १६४ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?