जसपा कार्यकारिणी समिति सदस्यलाई बोलाएर ‘हेड काउन्ट’ गर्दै निर्वाचन आयोग

लोकपथ
182
Shares

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति सदस्यहरुको आज ‘हेड काउन्ट’ गर्दै छ ।

जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा ‘हेड काउन्ट’ गर्न लागिएको हो । यसका लागि आयोगले बिहान ११ बजे जसपा अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको छ । दुवै पक्षका सदस्यहरु आयोग जाने तयारी गरिरहेका छन् ।

कार्यकारिणी समिति र संसदीय दलमा उपेन्द्र यादव पक्षको बहुमत छ । ठाकुर पक्षले निर्वाचन आयोगले गराउन लागेको सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपनि सर्वोच्चले रोक्ने फैसला गरेन । यससँगै आयोगलाई जसपा विवाद समाधान गर्न सहज भएको हो ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपाको आधिकारिकता विवाद समाधान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन भएको छ । इजलासकै आदेश बमोजिम कार्यकारिणी सदस्यहरु आज सशरिर उपस्थिति हुन लागेका हुन् ।

दुवै पक्षका अध्यक्षद्धयले नेताहरुलाई आ आफ्नो पक्षमा ल्याउनको लागि अन्तिम कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?