११ आश्विन २०७८, सोमवार

संसदीय समितिमा भनाभन

२०७८,श्रावण,११,सोमवार ०८:१६


नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो ।

संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।

सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।

रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । कांग्रेस सांसद विपीन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रहसमेत गरेका थिए । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठक स्थल नभएको भन्दै समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरे पनि सांसदहरू रानामाथि खनिएका थिए । नेपाल समाचारपत्रले खबर छापेकाे छ ।

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार ०८:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु

काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको

काठमाडौं । आइतवारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका

सिन्धुपाल्चोक । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा

ताजा समाचार

कांग्रेस झापाका १५ पालिकामा नेतृत्व चयन
 २०७८,आश्विन,११,सोमवार ०७:५०
यस्तो रहनेछ आजको मौसम
 २०७८,आश्विन,११,सोमवार ०७:४५
खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५