उपत्यकाको सांस्कृतिक सम्पदा खतराको सूचीबाट हट्दै

लोकपथ
13
Shares

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।

चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाइएको हो । बैठकबारे जानकारी दिँदै पुरातत्व विभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले भने– ‘विश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेको बताएका थिए । सोही आधारमा तत्काललाई खतराको सूचीबाट हटाइएको घोषणा गरेको छ । विस्तृत विवरण बैठक सकिएपछि प्राप्त हुनेछ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?