नेजाको अध्यक्ष पदमा विकास राज न्यौपाने विजयी

लोकपथ
0
Shares

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा बिकास राज न्यौपाने निर्वाचित भएका छन ।

नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा प्रारम्भमा बिकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

उनले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा बिजयी भएका हुन् ।

अन्तिम अवस्था सम्म पनि सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन् नसके पछि निर्वाचन भएको थियो ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्प्रद्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?