हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियो सहित)

लोकपथ
208
Shares

१. उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बने, प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त ।

२. कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको तीन वर्ष बित्यो, अझै हत्यारा पत्ता लागेन, न्याय पाउने आशामा भने निर्मलाको परिवार ।

३. काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपियो,सिनेमा हल पार्टी प्यालेस साउन २० गतेसम्म खोल्न नपाइने ।

४. नेपालको तीन करोड जनसंख्या मध्ये केही व्यक्ति मात्रै आफ्नो विरोधमा लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी,बाटो बिराएकालाई पार्टीमा फर्किन आग्रह ।

५. एमाले भित्रको आन्तरिक कलह टुंगिने छाटकाँट नदेखिएसँगै तेस्रो धारका नेताहरु विबाद मिलाउन सक्रिय,विघटित कार्यदलका सदस्यहरुसँग गरे छलफल ।

६. पार्टी भित्रको बिवाद संसदीय समितिमा पनि देखियो । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका सांसदबीच अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै भनाभन ।

७. देशैभर गरेर नेपालमा आइतबार २२ सय ३७ जना कोरोनाका नयाँ संक्रमित थपिए,१८ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा २ हजार ५इ जना संक्रमणमुक्त ।

८. जनता समाजवादी पार्टीको बिवादमा अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएन,पार्टीको आधिकारिकता कसले पाउने भन्ने छिनोफानो अव निर्वाचन आयोगबाटै ।

९. यातायात व्यवसायीले सार्वजनिक यातायातको साँचो सरकारलाई बुझाए,कोरोना अवधिको वीमा समायोजन लगायत विभिन्न ७ बुँदे माग पूरा गर्न आग्रह ।

१०. अब कतार जानेले नेपालका तोकिएका स्वास्थ्य संस्थाबाट ७२ घण्टाभित्रको कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने,खोप लगाएका व्यक्तिको साथमा खोप प्रमाणपत्र अनिवार्य हुनुपर्ने ।

११. कारोबारको पहिलो दिन आज नेपाली सेयर बजारमा उछाल, १४ अर्बभन्दा माथिको कारोबार,नेप्से परिसूचक ५४ दशमलब ३१ अंकले बढ्यो ।

१२. भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै बिशेषज्ञद्वारा समयमै सतर्कता अपनाउन सुझाव,तेस्रो लहरले दैनिक ५ लाख सम्म संक्रमित हुनसक्ने चेतावनी ।

१३. अष्ट्रेलियाको विभिन्न राज्यमा जारी लकडाउन र स्वास्थ्य संकटकालको विरोधमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा प्रदर्शनको निन्दा

१४. दक्षिण एशियाली फुटबल महासंघद्वारा १३ औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव, नेपालले अवसर पाए आगामी अक्टोबरमा प्रतियोगिता हुने ।

१५. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा,एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिनु परेको प्रष्टोक्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?