मन्दिर बनाउन जग खन्दा २९ वटा कलात्मक मूर्ति भेटिए

लोकपथ
338
Shares

सप्तरी । सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका – २ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् । मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका हुन् ।

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए ।

मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो । कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका – २ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?