कांग्रेस केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ताको आमरण अनशन जारी

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनशनलाई जारी राखेका छन् ।

कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं. २ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । क्रियाशिल सदस्यता वितरणमा धाँधली गरिएको तथा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको विरोधमा कांग्रेस धनुषा जिल्ला समितिले गरेको आमरण अनसन आइतबार ८ आँै दिनमा पुगेको छ । धनुषा निर्वाचन क्षेत्र नं. १ का महासमिति सदस्य रामपल्टन साह नेपाली कांग्रेस धनुषाको प्रारम्भिक छानविन समितिको निर्णयलाई केन्द्रीय छानविन समितिले कुनै वास्ता नगरी क्रियाशिल सदस्यताको आफ्नो ढंगले छानविन गरेको र प्रक्रिया मिचेर क्रियाशिल सदस्यता दिएको विरोधमा आमरण अनसन बसिरहेको बताउँछन् । क्षेत्रिय सभापतिहरुले विधान, नियमावली, केन्द्रीय परिपत्र विपरित विधि, पद्धती मिचेर क्रियाशिल सदस्यता वितरण गरेका कारण अनसन बस्न बाध्य भएको उनले बताए ।

नेपाली कांग्रेसका नेताद्धय रामशरण महत र प्रकाशशरण महत वार्ता गर्न आएपनि कुनै ठोस निर्णय दिन नसकेको उनले बताए । आफुहरुको माग पुरा नभएसम्म सत्याग्रह जारी राख्ने साहले बताए ।

त्यसैगरी, नेपाली कांग्रेस बाराका निर्वाचन क्षेत्र नं. १,२, ३ र ४ का नेता कार्यकर्ताहरु पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा चारदिन देखि धर्नामा बसिरहेका छन् । बारा जिल्लाका कार्यकर्ताहरुलाई १४ औँ महाधिवेशनमा वञ्चित गर्नेगरी बाराबाट पठाइएको नयाँ र पुरानो क्रियाशिल सदस्यताको विवरण नहेरीकन केन्द्रबाट सोझै १३ वटा वडाको क्रियाशिल सदस्य प्रवेश इन्ट्री गरिएकाले धर्ना बस्नुपरेको नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाले बताए । नेपाली कांग्रेसको विधान र निर्देशिकाभित्रको समावेशितालाई सदस्यता वितरणमा पनि ध्यान पु¥याउनुपर्ने उनले बताए ।

केन्द्रीय छानविन समितिको हैकमवादी र मनोमानी सोचले बाराका दलित, पिछडिएका वर्ग, आदिवासी, मुस्लिमहरुलाई सक्रिय सदस्यताबाट वञ्चित गर्न खोजिएको उनले बताए । माग पुरा नभएसम्म आन्दोलन जारी रहने चौरसियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?