निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

लोकपथ
507
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरमा वलात्कार पछि हत्या भएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आइतवार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर निर्मला पन्तको हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।
उनले अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको पनि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?