वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक बरामद

लोकपथ
195
Shares
file photo

बाग्लुङ । बाग्लुङमा वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक फेला परेको छ ।

तमानखोला गाउँपालिका–४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका–३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी वुङगादोभानबाट खटिएको प्रहरीले उक्त ओढारहरूमा लुकाइ राखेको अवस्थामा ती बन्दुक बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?