नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले भने– ‘मेरो पहिलो प्राथमिकता खोप’

लोकपथ
182
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोपलाई दिने बताएका छन्। आइतबार शपथ ग्रहण गरेलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीका साथ काम गर्ने बताए ।

आफुलाई शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको समेत जानकारी भएकाले स्वास्थ्य क्षेत्रलाई कुन तरिकाले अगाडि बढाउने भन्ने विषयमा तयारी गर्ने समेत राज्यमन्त्रीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?