पोखरीमा डुबेर एक बालकको मृत्यु

लोकपथ
28
Shares

जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका वडा नम्वर ४ सुँगा बस्ने लक्ष्मी महतोको ४ वर्षीय छोरा आयुष महतोको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ५ बजेदेखि हराइरहेका ती बालक घरबाट ५ सय मिटर पूर्व रहेको पोखरीमा डुबेको अवस्थमा फेला परेको हो । सिकिस्त अवस्थमा रहको उनलाई तत्कालै जिल्ला अस्पताल जलेश्वर लगिएको थियो ।

उनको उपचारको क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?