सरकारले चासो नदिने हो भने कोरोना सङ्क्रमण अझ भयावह हुन्छ -डा. ध्रुव गैरे (भिडियो सहित)

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेलाई बिमारीहरूको उपचार गर्दा गर्दै आफैँलाई कोभिड१९ को सङ्क्रमण भयो ।

पहिलो चरणको कोभिड–१९ को लहरमा सङ्क्रमित भएका डा. गैरेलाई पहिला सामान्य लक्षण देखिएको थियो । तर पछि उनलाई कोभिड–१९ को सङ्क्रमणले अत्यधिक गाँज्दै लग्यो । वीर अस्पतालमा उपचार हुदाँहुदै आइसियुको आवश्यकता भयो । वीरमा आइसियु नभएको कारण उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गरियो ।

शिक्षण अस्पतालमा केही साताको प्लाज्मा थेरापी, रेम्डेसिभिर र भेन्टिलेटर मार्फत उपचार गरेपछि डा. गैरे कोरोना मुक्त भएर घर फर्किए । पोस्ट कोभिडसँग केही महिना जुधेर स्वस्थ भएका डा. गैरेको अनुभवमा कोरोनालाई हेलचेक्राई गर्न हुदैंन, मृत्युको मुखको नजिक पुगेर फर्किएका को अनुभव सुन्नै पर्छ ।

नेपाल अझैँ पनि कोभिडको उच्च जोखिममा रहेको डा. गैरे बताउँछन् । कोभिडले आफ्नो रूप परिवर्तन गर्दै झनै शक्तिशाली बन्दै गएको कारण यसलाई हेलचेक्राई गर्न नहुने उनको अनुभव रहेको छ । लकडाउन खुल्नुको अर्थ कोरोनाको सङ्क्रमण हटेको होइन यो बेला झनै खतरा बढ्ने उनी बताउँछन् । स्वास्थ्यकर्मी र सञ्चार माध्यमबाट जति नै कोभिड–१९ विरुद्ध जति नै सजग गरे पनि नेपालीले यसलाई हेलचेक्राई गरेको उनको अनुभव रहेको छ । कोरोनालाई साँच्चिकै नियन्त्रण गर्ने र आम मानिसमा यसको बारेका व्यापक जनचेतना ल्याउने हो भने राजनीतिक तहबाटै पहल हुनु पर्छ ।

लगभग मृत्युको मुखमा पुगेर पनि फर्किएका डा. गैरेसँग लोकदृष्टि फ्रन्टलाइनर्समा लेखमणि त्रितालले गरेको अन्तर्वार्ताको अंश हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?