दिल्ली । दिल्लीमा भोलिदेखि सिनेमा हलहरू खुल्ने भएका छन् ।
लामो समयको लकडाउनपछि अन्ततः दिल्ली प्रशासनले सिनेमा हलहरू खोल्ने निर्णय गरेको हो।
प्रशासनले पचास प्रतिशत अकुपेन्सीमै भएपनि हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै चलचित्र वितरकहरूलाई ठूलो राहत मिलेको छ ।
विहारका एक प्रमुख वितरक किसन पनि दिल्ली सरकारको निर्णयप्रति खुसी व्यक्त गरे । महाराष्ट्रका हलहरू भने अगस्टको पहिलो सातादेखि सञ्चालन हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया