काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेकोे रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ ।
पार्टी विवाद समाधान गर्न निर्वाचन आयोगले साउन ११ गतेका लागि दुवै पक्षका कार्यकारिणी सदस्यलाई भौतिक रुपमा नै उपस्थित हुन आदेश दिएको थियो । उक्त आदेशलाई रोक्न ठाकुर पक्षले सर्वाेच्चमा रिट दर्ता गरेको थियो ।
यस्ताे छ, निर्णयः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया