स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ को हुन्?

लोकपथ
917
Shares

काठमाडौँ । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद तथा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा आइतबार नियुक्त भएका छन्।

राज्यमन्त्रीमा नियुक्त भएका सांसद श्रेष्ठ शिक्षा र स्वास्थ्यका व्यापारीका रुपमा चिनिन्छन् ।

श्रेष्ठ नेपालकै महँगोमध्येको एक लिटिल एन्जलस स्कुलका संस्थापक अध्यक्ष हुन् भने उनको काठमाडौँको बालाजुमा अवस्थित जनमैत्री अस्पतालमा समेत ठूलो लगानी रहेको छ।

यस्तै, विभिन्न कलेजहरु र अस्पतालका क्षेत्रहरुमा नाफामुखी लगानी गरेका सांसद श्रेष्ठ हाल ललितपुरमा एक बुटिक अस्पताल बनाउँदै छन्। त्यस्तै उनी प्याब्सनका पूर्वअध्यक्ष समेत हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी व्यापारी सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?