काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ जनामा संक्रमण भएको तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार ७ सय १३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।
नेपालमा हाल २७ हजार २ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया