काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा : के गर्न पाइने, के नपाइने ?

लोकपथ
8.4k
Shares

काठमाडौं । काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ ।

आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छैन। शैक्षिक संस्थाहरू भने बन्द नै रहनेछन्।

कोरोना नियन्त्रणका लागि १६ वैशाखबाट काठमाडौं निषेधाज्ञा लगाइएको हो। केही सातायता क्रमिक रुपमा खुकुलो पारिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?