नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको शपथ ५ बजे

लोकपथ
182
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन्।

उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाउने तयारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?