नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने रंजित पक्राउ

काठमाडौँ-  नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुरका विजय श्याम रंजित पक्राउ परेका छन्।

रंजितलाई महाराजगंजबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। उनीमाथि लिखतसम्बन्धी कसूर अपराधमा कारबाही प्रक्रिया थालिएको छ।

रंजितले नेपाल मेडिकल काउन्सिलमा चिकित्सकको रुपमा दर्ता हुनका लागि दर्ता प्रमाणप्रत्र प्रवेश परीक्षामा सहभागी भई अनुतीर्ण भएको प्रहरीलाई प्राप्त उजुरीमा उल्लेख छ । उनले काउन्सिलको छाप र रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?