साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

लोकपथ
715
Shares

काठमाडौं । नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?