प्रशिक्षक अलमुताइरीको औपचारिक राजीनामा आएको छैन : एन्फा

लोकपथ
338
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको बताएको छ ।

अलमुताइरीले सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा स्टाटस लेखे पनि औपचारिक रुपमा राजीनामा पत्र एन्फालाई नबुझाएको एन्फाका प्रवक्ता किरण राईले लोकपथलाई बताए ।

सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अलमुताइरी एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष शेर्पाले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका थिए । पछिल्लो समय प्रशिक्षक अल्मुताइरीले खेलकुद पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

अलमुताइरीले उपाध्यक्ष नेम्बाङको पछिल्ला ३ हप्तामा भएका नाटकका कारण आफूले राजीनामा दिन लागेको बताएका छन् । र आफ्नो राजीनामाले पंकज नेम्बाङ खुशी भए होला भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?