धादिङमा २० वर्षीया युवती मृत फेला

लोकपथ
130
Shares

काठमाडौं । धादिङमा २० वर्षीया एक युवती मृत फेला परेकी छन् ।

गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत फेला परेकी हुन् ।

प्रहरीका अुनसार रोका १० दिनदेखि हराइरहेकी थिइन्। घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

प्रहरीका अनुसार रोकाको शव सडेको अवस्थामा बरामद भएको हो । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?