बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

लोकपथ
507
Shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट बैंकिङ कसुर मुद्दामा फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ–४ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डरी रहेकी छन्।

उच्च अदालत पाटनले उनीविरुद्ध बैशाख ६ गते बैंकिङ कसुर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेकी भण्डरीलाई बुढानिलकण्ठ क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै भण्डरीले मुक्तिनाथ बिकास बैंकको चेक काटेर पीडितलाई दिएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?