सेयर बजारमा उछाल, १४ अर्बभन्दा माथिको कारोबार

लोकपथ
65
Shares

काठमाडौं। सेयर बजारमा आज कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २ सय २३ वटा कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयरको १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँबराबरको कारोबार भएको छ ।

 

आजका दिन धेरै समूहहरूको उपसूचकहरू सकारात्मक छन् भने २ वटाको समूहहरुको नकारात्मक देखिए। जस्मा हाईड्रोपावर कम्पनीहरुको कारोवार सर्बाधिक भएको छ ।
आज ९ वटा कम्पनीहरुको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने तीमध्ये ७ वटा कम्पनीहरु हाइड्रोपावरका रहेका छन् ।

हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको ३.७९ प्रतिशतले घटको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?