फुडमाण्डूमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने

लोकपथ
143
Shares

काठमाडौं । अनलाइन फुड डेलिभरी फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट ‘इसेवा’बीच सहकार्य भएको छ । एक कार्यक्रमका बीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएसँगै अब फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् ।

इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?