जसपा यादव पक्षको कार्यकारिणी समितिका सदस्यहरू रिसोर्टमा भेला

लोकपथ
234
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्।

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखेर प्रशिक्षण दिने कार्य भइरहेको हो।

ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । सो पार्टीका नेता इस्तियाक राईले गोदावरीमा कार्यकारिणी सदस्यसँग छलफल भइरहेको बताए । उनका अनुसार कार्यकारिणी सदस्यसँग प्रशिक्षणसहित समसामयिक विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?