कोरोना अपडेट भारतमा दैनिक संक्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढीले लगाए खोप

RSS
208
Shares

भारत। भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको थप संख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ संक्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।

भारतमा आइतबारसम्ममा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड-१९ संक्रमण भई निको हुनेको संख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड-१९ संक्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड संक्रमणपछि निको हुनेको दर ९७।३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड-१९ संक्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।

खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म संक्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?