यातायात व्यवसायीले सरकारलाई बुझाए साँचो (फोटोफिचर)

काठमाडौँ-  यातायात व्यवसायीहरुले सरकारलाई सवारीसाधनको साँचो बुझाएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा आइतबार यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारी साधनको साँचो बुझाएका हुन्। यसअघि उनीहरूले विभिन्न ७ बुँदे माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

माग पूरा नगरे सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने महासङ्घले चेतावनी दिएको छ । यातायात व्यवसायीले खोपको व्यवस्था र गाडी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग राखेका छन् ।

साथै लकडाउन तथा निषेधाज्ञाको समयलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाख रुपैयाँसम्मको बीमा हुनुपर्ने, अवैज्ञानिक ट्राफिक नियम सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

गत असार २४ गतेदेखि आन्दोलित व्यवसायीले दोस्रो चरणको आन्दोलन गर्ने  चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?