११ आश्विन २०७८, सोमवार

पर्यटन व्यवसायी र मजदुरलाई खोपसहित एक करोडको राहत प्याकेज

२०७८,श्रावण,१०,आईतवार १३:५८


गण्डकी। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।

नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह समेत गरे । कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उनले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुलशर्मा पौडेल लगायतले मन्त्री शर्मालाई स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आज पोखरा आएका छन्

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता

काठमाडौं । लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४