बलात्कार घटनामा मिलापत्र, वडा सदस्यसहित सात जना पक्राउ

लोकपथ
468
Shares

रोल्पा । रोल्पामा बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्।

लुङ्ग्री गाउँपालिका–४  का वडा सदस्य हिमबहादुर विष्टसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्य दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरा रहेका छन् ।

जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गरेका थिए।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?