११ आश्विन २०७८, सोमवार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

२०७८,श्रावण,१०,आईतवार १३:३७


काठमाडौँ-  के तपाई कतार जाँदै हुनुहुन्छ ?

अब कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पिसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने भएको छ। यस्तै कतार प्रवेश गर्ने नेपालीले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ।

खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम/प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिने छ । यदि पोजिटिभ देखिएमा क्वारेन्टिन बस्नुनपर्ने तथा नेगेटिभ देखिएमा होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ। यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ।

दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जान्सेन (जोन्सन एण्ड जोन्सन)को खोपलाई मात्र मान्यता दिएको छ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १३:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्वपञ्चहरूको पार्टीका रूपमा रहेको राष्ट्रिय प्रतातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन आउँदो कात्तिक २७ देखि ३० सम्म हुँदैछ । २०४६ मा प्रजातन्त्र

पोखरा । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बनेका

काठमाडौं । सोमबार बिहान ८ बजेर ३२ मिनेटमा बुद्ध एयरको विमान नियमित उडान भर्न विराटनगरका लागि उड्यो । विमानमा ७३

दुई वर्षयता चलचित्र क्षेत्र कोल्याप्स जस्तै छ । फिल्म क्षेत्रको नियामक निकाय चलचित्र विकास बोर्ड काम गरिहेको छ तर परिणाम

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५