विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

लोकपथ
91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ।

आइतबार यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

यसअघि उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?