सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको बैठक बस्दै

काठमाडौँ-  सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको बैठक आज (आइतबार) बस्ने भएको छ।

कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । बैठकमा सरकार सञ्चालनको न्यूनतम मापदण्ड, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुनेछ।

पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?