राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामा दिने

लोकपथ
728
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट आफूले राजीनामा दिने बताएका हुन् ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् । पछिल्लो समय प्रशिक्षक अल्मुताइरीले खेलकुद पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

अलमुताइरीले उपाध्यक्ष नेम्बाङको पछिल्ला ३ हप्तामा भएका नाटकका कारण आफूले राजीनामा दिन लागेको बताएका छन् । र आफ्नो राजीनामाले पंकज नेम्बाङ खुशी भए होला भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?